तीन मुक्तक

माेहन आचार्य ‘जलद’
मुक्तक-१

यो शहर गरीबीमा थिचिएको छ हजुर
नजीर सदर नभै मिचिएको छ हजुर
हजार श्रृजनाले भन्छन रहस्य भित्र छ
भोका मताउने रस सिचिएको छ हजुर
मुक्तक- २
तस्वीर हेर्दा रामराज्यको कहानी हरायाे
रत्नाकरले बाल्मिकीको विहानी हरायो
सीताजी लंका राम रावण समर युद्धमा
नायक बने हनुमानजी निसानी हरायो
मुक्तक-३
देश देशान्तर चर्चा तिम्रै छ नेपाल खै!?
युग युगान्तर पर्चा राम्रै छ नेपाल खै!?
मुसो बाघ बनेपछि संत हेर्न सकेनन !
राखे नेतान्तर मर्चा हाम्रै छ नेपाल खै !?
वेलायत, लण्डन

