तेश्रो त्रैमासमा प्राईम बैंकको अधिकांश सूचकमा वृद्धि



काठमाडौं । चालु आर्थिक वर्षको तेसो त्रैमाससम्म आइपुग्दा प्राइम कमर्सियल बैंकको अधिकांश सूचकमा आकर्षक वृद्धि भएको छ । यसअवधिमा बैंकको खुद नाफा ३८.७६% ले बढेर २ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसैअवधिमा बैंकले २ अर्ब ३ करोड रुपैयाँ मात्रै नाफा कमाएको थियो । चैत मसान्तसम्म आइपुग्दा बैंकको वितरणयोग्य नाफामा पनि आकर्षक वृद्धि भएको छ ।

यसअवधिमा बैंकको वितरणयोग्य नाफा २४३.१७% ले बढेर २ अर्ब २० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसको वितरणयोग्य नाफा ६४ करोड १२ रुपैयाँ मात्रै थियो । बैंकको खुद ब्याज आम्दानी ३१.८९% र सञ्चालन नाफा ३९.२८% ले बढेकाले पनि नाफा बढ्न टेवा पुगेको हो ।
यसको खराब कर्जा ०.९७% बाट घटेर ०.८६% मा झरेको छ ।

चैत मसान्तसम्म बैंकको प्रतिसेयर आम्दानी ४ रुपैयाँले बढेर २३ रुपैयाँ ३६ पैसा भएको छ । यसको प्रतिसेयर नेटवर्थ १४५ रुपैयाँ ८८ पैसा छ । गत वर्ष कैलाश विकास बैंकलाई एक्वायर गरेकाले बैंकको चुक्ता पुँजी, जगेडा कोष, निक्षेप संकलन, कर्जा लगानीलगायतको सूचकमा आकर्षक वृद्धि भएको छ ।

प्रतिक्रिया दिनुहोस्