थुलुङदुधकोशी : कांगेलमा बाख्रापालन सम्बन्धी ७ दिने अभिमुखिकरण तालिम सुरु

खगिन्द्रराज बास्तोला
सोलुखुम्बु ।थुलुङ दुधकोसी गाउँपालिका वडा नं २ काङ्गेलमा बाख्रा पकेट कार्यक्रम अन्तर्गत ७ दिने ब्यबसायिक बाख्रापालन सम्बन्धी अभिमुखिकरण तालिम सुरु भएको छ।

बाख्रा पालक कृषकहरुलाई बाख्रा पालनका विभिन्न पक्षबारे जानकारी गराउने उद्देश्यले आयोजना गरिएको सो तालिमको कार्यक्रमका प्रमुख अतिथि थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष अशिम राईले उद्घाटन गर्नुभएको थियो।३२ जना बाख्रापालक कृषकहरुको सहभागिता रहेको सो तालिम आज (शनिबार) बाट १७ गतेसम्म सन्चालन हुने थुलुङ दुधकोशी गाउँपालिका वडा नं-२ कांगेल बाख्रा पकेट क्षेत्र समन्वय समितिका सदस्य पुर्ण बस्नेतले जानकारी रहस्यखबरलाई जानकारी दिए।
तालिममा सहभागी बाख्रापालक कृषकहरूलाई गाउँपालिका भेटनरी शाखा प्रमुख सुरेश राई,सुमन बास्तोला र सरोज बस्नेतले प्रशिक्षण दिने बताईएको छ।बाख्रापालक पकेट क्षेत्रका अध्यक्ष शम्भु बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा न-२ कांगेलका वडाध्यक्ष उदयबहादुर बस्नेतले मन्तब्य ब्यक्त गरेका थिए।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत गाउँपालिकाले बाख्रा पकेट क्षेत्रका रूपमा छनौट भएको वडा नं २ कांगेलमा बाख्रा पालन सम्बन्धि झन्डै ४० वटा बाख्रापालन सम्बन्धि फार्म दर्ता भएको बस्नेतको भनाई छ।
परियोजनाबाट हालसम्म उन्नत जातका बोका खरिदका लागि ९ लाख रुपैयाँ र आधुनिक खोर निर्माणका लागि ४ लाख रुपैयाँ प्राप्त भएको बताउँदै बस्नेतले ७ वटा उन्नत जातका बोका खरिद गरिसकिएको र आधुनिक खोर निर्माणका लागि प्राप्त ४ लाख तीनजनालाई बितरण गरिएको जानकारी दिए।


