गजल

बिनोद बाबू अधिकारी

के थियो अटाउन सकिन अधरमा किन?
छाडेर जानू थियो राख्यौ भरमा किन?
न लिनु छ ऊ संग मेरो न दिन छ केही,
तर पनि घरी घरी आउछे नजरमा किन?
मूल्य त उहीँ हुनु पर्ने हो फरक केही छैन,
अचनाक मुल्यवृद्धी हुँदै छ शहरमा किन?
कुरा काट्नकै लागि चोकमा पुगेको छौ,
समधान हुन्छ छलफल गर्दैनौ घरमा किन?
मन्दिरको पथ्थरको मुर्तीमा के छ त्यस्तो
गर्दैनौँ विश्वास बगरको पथ्थरमा किन?
रुपा ४ सिद्ध पोल्याङ्ग कास्की
हाल दोहा कतार,,

