पौडेलको निधनले कांग्रेस केन्द्रीय समिति बैठक स्थगित,बैशाख ५ गते बस्ने



काठमाडौं।नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सोमबार बस्ने भनिएको बैठक २०७८ वैशाख ५ गते आइतबार बस्ने भएको छ।

दिनको २ बजे बस्ने सो बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित सदस्यहरुको उपस्थितिका लागि कांग्रेसले सूचना प्रकाशित गरेको छ।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका माइला भाइ गोविन्दराज पौडेलको निधनका कारण आजको बैठक स्थगित गरिएको थियो। उनको चितवनको रत्ननगरमा ७५ वर्षको उमेरमा आज निधन भएको हो।

उनको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गर्दै भनेका छन्, ‘मेरा मित्र रामचन्द्र पौडेलजीका भाइ चितवन रत्ननगर निवासी गोविन्दराज पौडेलको निधनको खबरले दुःखीत भएको छु। उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिर शान्तिको कामना साथ शोकाकुल परिवारमा पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट गहिरो समवेदना व्यक्त गर्दछु।’

प्रतिक्रिया दिनुहोस्