नेकपा एमाले नेचासल्यानले २१ दिने पार्टी सुदृढीकरण अभियान सन्चालन गर्ने



सोलुखुम्बु ।नेपाल कम्युनिस्ट पार्टी एमाले गाउँपालिका कमिटी नेचासल्यानले २१ दिने पार्टी सुदृढीकरण अभियान घोषणा गरेको छ।

जिल्ला कमिटी अध्यक्ष डुफकुमार बास्तोलाको उपस्थितिमा शुक्रबार सम्पन्न एमाले गाउँपालिका कमिटीको बैठकले चैत २० गतेदेखि सुरु भइ बैशाखको ११ गते सम्पन्न हुने गरि पहिलो चरणको पार्टी निर्माण सुदृढीकरण अभियान सन्चालन गर्ने निर्णय गरेको गाउँपालिका कमिटी अध्यक्ष जगन्नाथ बास्तोलाले जानकारी दिए।

अध्यक्ष बास्तोलाका अनुसार संगठन सुदृढीकरणका अभियान अन्तर्गत वडा स्तरमा भेला प्रशिक्षण गर्दै गाउपालिकास्तरमा भेला तथा प्रशिक्षणका कार्यक्रमहरु सन्चालन गरिने छन् । अभियान अन्तर्गत
चैत्र २७ गते वडा न ५,चैत्र २८ गते वडा नं ३,चैत्र २९ गते वडा नं ४ र
चैत्र ३१ गते वडा न १र २ मा संयुक्त भेला तथा प्रशिक्षण सन्चालन गरिनुका साथै ०७८ बैशाख ११ गते गाउँपालिकास्तरीय भेला तथा प्रशिक्षणको कार्यक्रम रहेको छ।

वडा भेला तथा प्रशिक्षणका लागि सम्बन्धित वडाको संयोजन गर्ने जिम्मेवारी जिल्ला कमिटी सदस्यहरुलाइ दिइएको जानकारी पनि उनले दिए।जस अनुसार वडा नं १ मा छिरिङ राई,२ मा कृष्ण गौतम, ३ मा ओमप्रसाद बास्तोला,४ मा रामकाजी थुलुङ र ५ नं मा राजन राइले कार्यक्रमको संयोजन गर्नेछन्।

बैशाख १ देखि १० गतेसम्म जनबर्गिय संगठन सम्बन्धि अभियान
सन्चालन गर्ने कार्यक्रम रहेको छ । बैठकले ७५ सदस्यीय गाउँ कमिटी, २५ सदस्यीय सचिवालय निर्माण समेत गरेको छ। कमिटीको रिक्त सचिब पदमा केदार निरौलालाई चयन गरेको अध्यक्ष बास्तोलाले बताए ।

प्रतिक्रिया दिनुहोस्