सूर्यचिन्हबाट निर्वाचित भएर अन्यत्र जानेको पद धरापमा, को–को थपिए सोलुखुम्बु जिल्ला कमिटी सदस्य ?



सोलुखुम्बु । नेपाल कम्युनिष्ट पार्टी एमाले सोलुखुम्बु जिल्ला कमिटीले विभिन्न समूहमा अल्मलिइरहेका पार्टी कार्यकर्ताहरुलाई नेपालको कम्युनिष्ट आन्दोलनको मूल प्रवाह नेकपा एमालेमा आवद्ध हुन आग्रह गरेको छ ।

हालै सम्पन्न पार्टी जिल्ला कमिटिको १३ औं बैठकले सो निर्णय गरेको जिल्ला कमिटी अध्यक्ष डुफकुमार बाँस्तोलाले रहस्य खबरलाई जानकारी दिए । पछिल्लो राजनितिक परिस्थितिमा पार्टीको निर्वाचन चिन्ह सूर्यबाट निर्वाचित विभिन्न तहका निर्वाचित जनप्रतिनिधिले पार्टी परित्याग लगायतका गतिविधिमा संग्लन भएको विषयमा बैठकको गम्भीर ध्यानाकर्षण भएको बताउँदै अध्यक्ष बाँस्तोलाले त्यस्तो गतिविधिमा संलग्न निर्वाचित जनप्रतिनिधिलाई स्पष्टीकरण सोध्ने निर्णय समेत भएको बताए । उनीहरुबाट चित्तबुझ्नो जबाफ नआए पार्टी विधान, पद्धति तथा दल त्याग सम्बन्धी ऐन अनुसार उनीहरुमाथि कार्वाही प्रक्रिया अगाडि बढाउने कुरामा बैठकले सर्वसम्मत निर्णय गरेको बाँस्तोलाको भनाई छ ।

सर्वोच्च अदालतले नेकपा खारेज गर्दै नेकपा एमाले र माओवादी केन्द्रलाई एकीकरण पूर्वको अवस्थामा फर्काइदिएपछि पहिलो पटक बसेको जिल्ला कमिटीको पूर्ण बैठकले जिल्ला कमिटीमा थप सदस्यहरु मनोनयन गर्ने निर्णय समेत गरेको अध्यक्ष बाँस्तोलाले बताए । जिल्लाका आठैवटा स्थानीय तहका पार्टी कमिटीबाट सिफारिस भइ आएका नामावलीका आधारमा थप गरिएका सदस्यहरुको नामावली अनुमोदन गर्दै माथिल्लो कमिटीमा पठाउने निर्णय समेत बैठकले गरेको छ ।

को–को थप भए जिल्ला कमिटी सदस्यमा ?

नेचासल्यान गाउँपालिका
एलिना राई, सुजन राई, राजन कुमार राई, दिपेन्द्र जर्मकटेल, पुण्य दाहाल, दोमराज वास्तोला, शुक्र किराती, लाङङिमा शेर्पा, चिना शर्मा, ओमप्रसाद वास्तोला, देवकी थुलुङ र कृष्ण गौतम

महाकुलुङ गाउँपालिका–
मोहन राई, भक्त राई, डेक वहादुर राई, शक्ति कुलुङ

सोताङ गाउँपालिका–
प्रकाश कार्की, आपासाङ शेर्पा, पृथुबहादुर कार्की, राम कुमार राई, दाताराम गोतामे

थुलुङ दुधकोशी गाउँपालिका–
रेशकुमार वस्नेत, दावा तामाङ, उमेश श्रेष्ठ, आङवावु राई, जितेन्द्र वस्नेत, भुपध्वज वस्नेत, केशव भट्टराई, कमला राई, भरत कटुवाल, अर्जुन राई, नरेन्द्र राई, मानवहादुर राई, खुम्वधन राई, गोपाल वस्नेत, कमल निरौला, भागत वस्नेत, पासाङदिकी शेर्पा(कान्छिमाया), गोमबहादुर राई

लिखुपिके. गाउँपालिका–
तेजबहादुर वस्नेत, आङ दावा शेर्पा, डसर्की शेर्पा, कुन्जाङ शेर्पा, ग्याल्जे शेर्पा, प्रेमकुमार वस्नेत

खुम्बु पासाङ ल्हमु गाउँपालिका–
फुरी ग्याल्जेन शेर्पा, लाक्पा सोना शेर्पा, लक्ष्मण अधिकारी, लाक्पा छिरी शेर्पा, लामाकाजी शेर्पा, आङ माया शेर्पा, किरण राई, पेम्बा नुरु शेर्पा, छिमि छिरिङ शेर्पा, राजु परी, ङवाङ थ्वामे शेर्पा, पेमा छोसाङ शेर्पा, हस्तबहादुर लिम्वु, आङ फुर्वा शेर्पा, नुरु जाङवु शेर्पा, ङिम तेण्डी शेर्पा, ङिमादोर्जी शेर्पा, छिरिङ फेन्जो शेर्पा

माप्यदुधकोशी गाउँपालिका
चन्द्रप्रसाद घिमिरे, दावा तामाङ, दावा शेर्पा, भक्तबहादुर वि.क.(रोहित), चन्द्रकुमार राई(पावल), पन्चे राई, साङ्गे शेर्पा

सोलुदुधकुण्ड नगरपालिका-
लालमान श्रेष्ठ, दुर्गा थापा मगर, कृष्ण गोपाल श्रेष्ठ, रामकाजी कार्की, नरबहादुर कटुवाल, रमेश मगर, सर्की शेर्पा, नुर्वु तामाङ, गेलु शेर्पा, पासाङ कटुवाल, नुतन श्रेष्ठ, मानबहादुर कटुवाल, छोङवा शेर्पा, गोपाल मगर, कुसाङ तामाङ, ग्याल्जेन शेर्पा, मनोज श्रेष्ठ, मिङमार तामाङ, भीमकुमारी वस्नेत, हीराकुमार श्रेष्ठ, राजकुमार श्रेष्ठ, रविन्द्र श्रेष्ठ, कुलबहादुर राणापाल, नरमाया राई, तोन्जे राई, सन्धया राई(वि.क.), आनन्द कुमार राई, नरजित राई, कुमार राई, पुर्ण वि.क., मोहनकुमार राई (विशेष), डवल सिहं राई, अमित राई, डिक्शेर राई, कल्पना भुजेल
भुपाल रेग्मी मगर, भुवन सिहं राई, टिका राई, प्रभास किराती, सुर्य राई रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्