चिकित्सकको टोलीले गर्यो हिमाल आरोहण
काठमाडौं, १७ चैत । चिकित्सकको एक समूहले सोलुखुम्बुस्थित मिरापिक हिमालको सफल आरोहण गरेको छ । राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत चिकित्सकको टोलीले ६ हजार चार सय ७६ मिटर अग्लो उक्त हिमाल आरोहण गरेको हो ।

आरोहणमा राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत डा. रुद्र मरासनी, डा. विनोद शेरचन, डा. किरण खनाल र डा. ऋषि विष्ट सहभागी थिए । आन्तरिक पर्यटन प्रवर्द्धसँगै स्वस्थ जीवनशैलीका लागि शारीरिक ट्रेक्रिङ, हाइकिङ, माउन्टेन क्लाइम्बिङजस्ता क्रियाकलाप गर्नुपर्छ भन्दै चिकित्सकको टोलीले प्रत्येक वर्ष हिमाल पहाडमा पैदल यात्रामा निस्कने गरेको छ ।
पर्यटनका दृष्टिकोणले मात्रै नभई स्वास्थ्यका लागि पनि फाइदाजनक हुने भएकाले ट्रेकिङमा निस्कने बताउँछन्, डा. मरासिनी । भन्छन्, ‘समय मिलाएर ट्रेकिङ र माउन्टेन क्लाइम्बिङमा निस्कँदा छुट्टै आनन्दसँगै स्वास्थ्यका लागि पनि फाइदाजनक हुन्छ । यसले आन्तरिक पर्यटनलाई पनि सघाउ पुग्छ ।’ नयाँ पत्रिकाबाट

