माप्यदुधकोशी : एकल महिला र अपांगता भएका ब्यक्तिलाई आत्मनिर्भर बनाउन क्रिष्टल सम्बन्धी तालिम सन्चालन



सोलुखुम्बु,१६ चैत । जिल्लाको माप्यदुधकोशी गाउंपालिकामा सन्चालन भइरहेको ५ दिने क्रिष्टल बनाउने तालिम बुधबार सम्पन्न हुने भएको छ।

एकल महिला तथा अपांग ब्यक्तिहरुलाइ आत्मनिर्भर बनाउने उद्देश्यसहित गाउँपालिकाको महिला शाखाद्वारा संचालित सो तालिमको गाउँपालिका अध्यक्ष बुद्धिकीरण राईले शनिबार उद्घाटन गर्नुभएको थियो।खास्तापमा सन्चालन भइरहेको सो तालिममा पालिकाका ७ वटै वडाका १५ जना सहभागी रहेको उपाध्यक्ष जुनिता मगरले जानकारी दिनुभयो।

महिला र अपांगता भएकाहरुलाइ भनिएपनि तालिममा पुरुषहरुको पनि सहभागिता रहेको जानकारी दिंदै उपाध्यक्ष मगरले भन्नुभयो,- ‘सीपको माध्यमबाट आय-आर्जन गरि जिबिकोपार्जनमा सहयोग पुगोस् भन्ने हाम्रो चाहना हो।’

उपाध्यक्ष मगरका अनुसार चुराका विभिन्न खाले सौन्दर्य सामाग्री हरु निर्माण (क्रिष्टल) सम्बन्धि सो तालिममा काठमाडौंमा ब्यबसाय सन्चालन गरिरहेकी श्रीमती आशबडी राइले प्रशिक्षित गरिरहनुभएको छ।

प्रतिक्रिया दिनुहोस्