नेपाल शिक्षक संघ सोलुखुम्बुको कार्यबाहक अध्यक्ष बस्नेत बलात्कार आरोपमा पक्राउ

सोलुखुम्बु,१२ चैत । जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका वडा नं- ९ लोखिमस्थित लामुडांडा आधारभूत विद्यालय ,कुरिमाका प्रधानाध्यापकसहित अर्का शिक्षक जबर्जस्ती करणीको आरोपमा पक्राउ परेका छन् ।

२२ बर्षीय युबतीको उजुरीको आधारमा विद्यालयका प्रधानाध्यापक बिनोद र ३६ बर्षीय अर्की महिलाको उजुरीको आधारमा राजेन्द्रलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।
थुलुङ दुधकोशी गाउँपालिका वडा नं- १ नेले निबासी ४६ बर्षीय राजेन्द्रबिरुद्ध जबर्जस्ती करणी उद्योग र जुबुका स्थायी बासिन्दा ३२ बर्षीय बिनोदविरुद्ध जबर्जस्ती करणी गरेको आरोप छ।गत चैत ६ गते पक्राउ परेका बिनोदले फाल्गुन २६ गते आफ्नै घरमा र फाल्गुन २७ गते पक्राउ परेका राजेन्द्रले सोही महिनाको १९ गते डेरामा त्यस किसिमको दुर्व्यवहार गरेको उजुरी महिलाहरुले प्रहरीमा दर्ता गराएका थिए।उनीहरू विरुद्ध थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ।
पक्राउ पर्ने शिक्षक राजेन्द्र नेपाली कांग्रेस निकट नेपाल शिक्षक संघ सोलुखुम्बु जिल्ला कार्यबाहक अध्यक्ष रहेको बताइएको छ।

