माओवादी केन्द्र स्थायी समितिको बैठक मंगलबार बस्दै



काठमाडौँ । नेकपा माओवादी केन्द्रले स्थायी कमिटीको बैठक बोलाएको छ ।  मंगलबार बिहान ८ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने गरि माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको हो ।

मंगलबार बस्ने बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र पार्टीको संगठानिक गतिबिधिका बारेमा छलफल हुने बताइएको छ । यसअघि चैत्र १ र २ गते बसेको केन्द्रीय कमिटीको बैठकले राजनीतिक विषयमा निर्णय गर्ने अधिकार स्थायी कमिटीलाई दिएको थियो ।

सर्वोच्चको फैसलापछि ब्युँतिएको माओवादी केन्द्रलाई केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको सर्मथन फिर्ता लिने दबाब बढेको छ ।

ओलीको राजीनामा माग्ने र विरोध गरिरहने तर समर्थन फिर्ता नलिने दोहोरो चरित्र देखाएको आरोप माओवादी केन्द्रलाई लागिरहेको बेला स्थायी कमिटीको बैठक बस्न लागेको छ ।

प्रतिक्रिया दिनुहोस्