खुम्बु क्षेत्रका विद्यार्थीहरुको आधारभूत सिकाइबारे सर्बेक्षण सम्पन्न



खगिन्द्र राज बास्तोला
सोलुखुम्बु,९ चैत ।हिमालयन ट्र्ष्ट नेपालको टोलीले खुम्बु क्षेत्रका विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुको आधारभूत सिकाइ उपलब्धिको सर्वेक्षण गरेको छ।

हिमालयन ट्र्ष्ट नेपालको शिक्षा हेर्ने टोलीले सो सर्वेक्षण गरेको हो ।सर्वेक्षणका क्रममा प्रत्येक विद्यालयका विद्यार्थीहरु नमुना छ्नोट गरि नेपाली, अङ्ग्रेजी, गणित र विज्ञान विषयको मूल्याङ्कन गरिएको छ । यसको उद्देश्य बालबालिकाको शैक्षिकस्तरको उन्नयनमा टेवा पुर्‍याउनु रहेको ट्ष्टका शिक्षा प्रबन्धक लाक्पातेन्जी शेर्पाले बताउनुभयो । शेर्पाका अनुसार विद्यार्थीको प्रारम्भिक मूल्यांकन गरी शिक्षण सिकाइलाई थप प्रभावकारी बनाउनु शिक्षकको क्षमता अभिवृद्धि गराउनु कस्तो किसिमको पुनर्ताजगी तालिम सन्चालन गर्ने भन्ने योजना बनाइने लक्ष्य रहेको छ ।

ट्र्ष्ट्को शिक्षा क्षेत्रको टोलीले विद्यार्थीको प्रारम्भिक मूल्यांकन, अभिभावक, शिक्षक अन्तरक्रिया र वर्तमान अवस्थामा जिम्मेवार पक्षले खेल्नु पर्ने भूमिका विषयमा छलफल गरेको थियो । खुम्बु क्षेत्रका १६ ओटा विद्यालयमा सोही किसिमको कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रमा हिमालयन ट्र्ष्टका शिक्षा प्रबन्धक लाक्पातेन्जी शेर्पा, शिक्षक प्रशिक्षक महेन्द्र कठायत, सोलुखुम्बु जिल्ला संयोजक नभ भुजेल, प्रशिक्षकहरु ईश्वरमान राई र फुर्वा प्रधानको टोलीले सहजीकरण गरेको थियो । हिमालयन ट्र्ष्ट नेपालले खुम्बु क्षेत्रको शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका क्षेत्रमा लामो समयदेखि अनवरत रुपमा सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्