खुल्ला भलिबल प्रतियोगितामा नेचासल्यान बिजयी, राईले जितिन् भारोत्तोलनमा कास्य पदक



सोलुखुम्बु,४ चैत ।प्रदेश १ का भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङले खेल क्षेत्रको विकास प्रदेश सरकारको प्राथमिकतामा रहेको बताउनु भएको छ।

ओखलढुंगाको सिद्दिचरण नगरपालिका- २ निशंखेमा दक्षिणकाली युवा क्लवद्वारा आयोजित खुला वडास्तरीय पुरुष भलिबल प्रतियोगिताको समापन समारोलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो। वहाँले केही दिनमै प्रदेश तथा जिल्ला तहमा खेलकुद विकास समितिहरुलाई पूर्णता दिँदै सशक्त बनाउले प्रतिवद्दता समेत व्यक्त गर्नुभएको थियो।
प्रतियोगितामा सोलुखुम्बुको नेचा सल्यान टिमले बिजय हांसिल गरेको छ । नेचा सल्यान टिम ओखलढुंगाको श्रीचौर टिमलाई पराजित गर्दै उपाधि हात पार्न सफल भएको हो।

प्रतियोगिताको विजेता नेचा सल्यानले ३० हजार नगदसहित शिल्ड मेडल र प्रमाणपत्र हात पारेको छ । उप विजेता श्रीचौर टिमले २० हजार नगद र शिल्ड मेडल प्रमाणपत्र पाएको छ । प्रतियोगितामा खोटाङको ज्यामिरे टिम तृतीय भएको छ । उक्त समुहले नगद १० हजार सहित शिल्ड मेडल र प्रमाणपत्र पाएको छ ।बिजयी टिमलाई राज्यमन्त्री गुरुङले नगद पुरष्कार,मेडल र प्रमाणपत्र बितरण गर्नुभएको थियो।

उता नेचासल्यान गाउँपालिका-४ फुर्के निबासी नेचाली चेली लिला राईले सप्तरी जिल्ला भारत्तोलन एशोशिएशनद्वारा आयोजित प्रथम देव सुन्दर यादव स्मृति राष्ट्रिय भारत्तोलन प्रतियोगितामा ५९ केजी समुहमा तेश्रो हुँदै कास्य पदक जित्न सफल भएकी छन्।सो प्रतियोगितामा उनी विभागीय टोली सशस्त्र प्रहरी(APF)बाट सहभागी भएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्