पूर्बराज्यमन्त्री एबम् माओवादी केन्द्रका पूर्ब पोलिट्ब्युरो सदस्य जगेबु एमाले प्रवेश

काठमाडौं, ४ चैत ।नेकपा माओवादी केन्द्रका पूर्व पोलिटब्युरो सदस्य श्रीप्रसाद जबेगु केपी शर्मा ओली नेतृत्वको नेकपा एमालेमा प्रवेश गरेका छन्। पूर्व संघीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री जगेबुले एमाले प्रवेश गरेको बुधबार घोषणा गरेका हुन् ।

माओवादीको कार्यशैलीमा गम्भीर असन्तुष्टि जनाउँदै संविधानसभा सदस्य जबेगुले एमाले रोजेका हुन्। जबेगु पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा २०७३ मा बनेको संघीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री र पशुपंक्षी विकास राज्यमन्त्री बनेका थिए।
२०७५ जेठ ३ गते तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भएको थियो। त्यसअघि उनी माओवादी केन्द्रमा पोलिटब्युरो सदस्यको भूमिकामा थिए। तर दुई पार्टी मिलेर नेकपा बनेपछि उनी कुनै पनि नेतृत्वमा थिएनन्।
माओवादी केन्द्रनिकट लिम्बुवान मुक्ति मोर्चामा पटक पटक अध्यक्ष भएका उनले माओवादी केन्द्र र अध्यक्ष प्रचण्डले आफ्नो भूमिकाको अवमूल्यन गरेकाले एमाले रोज्नुपरेको बताएका छन्।

