थुलुङ दुधकोशीलाइ नमुना गाउँपालिका बनाउंछु: अध्यक्ष राइ



होमनाथ खत्री
सोलुखुम्बु, २७ फाल्गुन ।जिल्लाको थुलुङ दुधकोशी गाउपालिकाका अध्यक्ष असिम राइले आफ्नो गाउँपालिकालाई आफ्नो कार्यकालमा प्रदेश नम्बर १ कै उत्कृष्ट गाउँपालिका बनाउने उद्घोष गर्नुभएको छ।

नयाँ नयाँ योजना अघि सारेर त्यसको कार्यान्वयनका लागि दृढतापूर्बक अघि बढीरहेका अध्यक्ष राइले गाउँपालिकाको वडा नं ४ जुबुमा आयोजित एक कार्यक्रममा आफू जनप्रतिनिधि भएर आइसके पछि बिकासले फड्को मारेको दृष्टान्त दिंदै सो कुरा बताउनुभएको हो।

उहाँले जुबु अन्न भन्डारको खानी रहेपनि पर्याप्त पानी नरहेकोले दुधकोशीबाट पानी लिफ्टिङ गर्ने योजना चाँडै सुरु गर्ने स्पष्ट पार्दै अध्यक्ष राइले जुबुलाइ पर्यटकका लागि आकर्षक गन्तव्य बनाउन सकिने सम्भावना रहेको बताउनुभयो।

उहाँले काङगेल जुबु जोडने दुधकोशीमा मोटररेबल पुलको काम सुरु भएको प्रष्ट पार्दै बर्खुघाटमा समेत चाँडै पुलको काम सुरु हुने जानकारी दिनुभयो । अस्पताल पनि जुबु र लोखिमको सिमानामा बन्न लागेको बताउंदै हरेक समस्या लिएर फाप्लु र खोटाङको ऐसेलुखर्क जाने बाध्यताबाट स्थानीय मुक्त हुने दाबी गर्नुभयो ।स्थानीयहरुले पनि आफुहरुको माग पूरा गरेको भन्दै अध्यक्ष राइलाई धन्यवाद दिएका छन ।

प्रतिक्रिया दिनुहोस्