नेपालीको आत्मनिर्णयको अधिकार कुल्चने प्रयास भएको प्रचण्डको आरोप

काठमाडौं,२७ फाल्गुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमाथि खतरा रहेको बताउँदै आफू चिन्तित, आक्रोशित र आन्दोलित रहेको बताएका छन् ।

बिहीवार प्रज्ञा प्रतिष्ठान काठमाडौंमा आयोजित भरत ढुंगाना स्मृतिग्रन्थ सार्वजनिकीकरण तथा परिचर्चा कार्यक्रममा बोल्दै प्रचण्डले प्रतिक्रियावादी देशीविदेशीले नेपालको राष्ट्रिय स्वाधिनता र नेपालीको आत्मनिर्णयको अधिकारलाई जबरबस्ती कुल्चिने दुस्साहस गरिरहेको बताए ।
‘खतरा अहिले पनि छ, प्रतिक्रियावादी देशीविदेशीबाट नेपालको राष्ट्रिय स्वाधिनता र नेपालीको आत्मनिर्णयको अधिकारलाई जबरजस्ती कुल्चिने दुस्साहस भइरहेको छ, म चिन्तित छु, आक्रोशित छु, आन्दोलित पनि छु,’ उनले भने, ‘योभन्दा बढी भन्नु हुँदैन, भन्यो भने तपाईंलाई पनि खतरा छ, मलाई पनि खतरा छ ।’

