सोलुमा पनि ब्युँतियो एमाले, कार्यालयबाट हटाइयो नेकपाको साइनबोर्ड



सोलुखुम्बु,२५ फाल्गुन । सर्बोच्च अदालतले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)खारेज गरेर एमाले र माओवादी केन्द्र ब्युंताई दिएको दुई दिनपछि सोलुखुम्बुस्थित नेकपा कार्यालयमा नेकपा एमालेको साइनबोर्ड झुन्डाइएको छ।

पार्टी एकीकरण भएयता ३३ महिनासम्म नेकपा कार्यालय रहेको सो भवनमा पार्टी केन्द्रीय सदस्य मानबीर राई र जिल्ला कमिटी अध्यक्ष डुफकुमार बास्तोलालगायत अन्य नेताहरुको उपस्तिथिमा मंगलबार एमालेको साइनबोर्ड झुन्ड्याइएको जिल्ला कमिटी सदस्य प्रवेश किराँतीले जानकारी दिए।हाल साइनबोर्ड झुण्ड्याइएको सो कार्यालय एकीकरण अघि पनि तत्कालीन नेकपा एमालेको स्वामित्व मा रहेको बताइएको छ।जिल्ला समन्वय समिति नजिकै रहेको सोही कार्यालयबाट बुधबारदेखी पार्टी सम्बन्धि नियमित कार्य सन्चालन हुने जिल्ला कमिटी अध्यक्ष बास्तोलाले जानकारी दिनुभयो ।

सर्बोच्च अदालतले अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल नेतृत्वमा रहेको नेकपाको दर्ता खारेज गर्दै सो पार्टीको स्वामित्व ऋषि कट्टेललाइ दिने फैसला गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्