धुम्बाराही पार्टी कार्यालयमा नेकपा एमालेको बोर्ड राखियो

काठमाडौं, २५ फागुन । धुम्बाराहीस्थित पार्टी कार्यालयको बोर्ड परिवर्तन भएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लेखिएको बोर्ड हटाएर नेकपा (एमाले) लेखिएको बोर्ड राखिएको छ । सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्यूँताइदिए पछि धुम्बाराहीस्थित पार्टी कार्यालयको बोर्ड परिवर्तन गरिएको हो ।

नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण हुनु अगाडि धुम्बाराही एमालेकै मुख्यालय थियो । यस्तै, देशभरका तत्कालीन एमालेका कार्यालयहरुमा पनि नेकपाको बोर्ड हटाएर एमालेकै बोर्ड राख्न निर्देशन दिइएको छ ।
सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नाम ऋषि कट्टेललाई दिएसँगै प्रचण्ड-ओली नेतृत्वको नेकपा खारेज भएर यी दूई राजनैतिक शक्तिहरु पार्टी एकीकरण अघिकै अवस्थामा फर्किएका छन् ।

