प्रचण्डको साथ छोड्दै माधव- झलनाथ



काठमाडौं,२४ फाल्गुन । प्रचण्डसंग गठजोड गरिरहेको तत्कालीन एमालेको माधव- झलनाथ समूह सर्बोच्चको फैसलापछि अब ओली नेतृत्वको नेकपा एमालेमै फर्कने निर्णयमा पुगेको छ।

सोमबार राजधानीको अर्याल होटलमा भएको छलफलमा पार्टी बिभाजनका लागि तत्कालीन एमालेको केन्द्रीय र संसदीय दलमा ४०% नपुग्ने भएका कारण एमालेमै बसेर संघर्ष गर्ने निष्कर्षमा पुगेको बताइएको छ।

१२० जना सांसद मध्ये ओली पक्षमा ८० जना छन् भने बाँकी ४० मात्रै नेपाल कित्तामा उभिएका छन। पार्टी बिभाजनकै अवस्थामा पुग्दा उनीहरू संग भएको त्यो संख्या अझ घट्ने उनीहरूको बुझाइ छ।

नेपाल पक्षीय नेताहरु एमालेमा फर्किएर अध्यक्ष ओली पक्षसँग जुध्नुपर्ने मानसिकता देखिए पनि त्यो सहज भने छैन। एमालेको संगठनात्मक संरचनाको नेतृत्व महासचिव ईश्वर पोखरेल ओली कित्तामै छन् भने शक्तिशाली केन्द्रीय कमिटिमा थोरै संख्याले भए पनि ओली आफू अनुकुल निर्णय बहुमतीय निर्णय गराउन सक्ने अवस्थामा छन्।

प्रतिक्रिया दिनुहोस्