कसले भन्छ माओवादी छैन ?

काठमाडौं/ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय सचिव अरुण घिसिङले १० जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धिलाई संरक्षण गर्दै क्रान्तिका बाँकी कार्यभार पुरा गर्न छाडेर क्रान्तिको बाटो छाडी एमालेमा विलय भई संसदीय भासमा भासिएका प्रचण्डहरुलाई हिजो सर्वाेच्चको फैसलाले दरिलो झापट हानेको बताएका छन् ।

घिसिङले सामाजिक सञ्जालको आफ्नो फेसबुक वालको स्ट्याटसमा आज आफ्नो धारणा राख्दै संसदीय दलदलमा प्रचण्डहरु फसेसँगै माओवादीको नामै लिन नचाहने, घाइते–अपांग र बेपत्ता हुनेहरूलाई बेवास्ता गर्दै शहिदहरुका सपना भुलेर बाटो विराएकाहरुलाई फैसलाले व्यूँझाईदिएको भन्दै अब प्रचण्डहरु र उसका कार्यकर्ताहरुले क्रान्तिको बाटोमा गरेको गम्भीर गल्तिलाई स्वीकार्दै आफुहरुले बचाएर राखेको नेकपा (माओेवादी केन्द्र) मा आत्म आलोचित भई शरण लिन आउनुको विकल्प नभएको बताएका छन् ।

देशामा माओवादी छैन् भनेर सडकदेखि सदनसम्म बहकिएका प्रचण्डहरु र प्रचण्ड नेतृत्वका कार्यकर्ताहरुले बिज्ञापन खोलिरहेको बेला सर्वोच्च अदालतको फैसला न्याय सम्मत नै मान्नु पर्छ । “अब प्रचण्ड यदि तिमीहरुसँग माओवादी राग छ भने नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कार्यालयमा आत्मसमर्पण गर्न आउनु“ भन्दै घिसिङले अनुरोध समेत गरेका छन् ।

