बैंककै कार्यालयमा प्रभु बैंकका सिइओ शेरचनले दिए बैंकिङ ज्ञान

काठमाडौं,२४ फाल्गुन ।प्रभु बैंक लि. ले आज २३ गते सिन्धुपाल्चोक जिल्ला तालमराङ्ग गाउँपालिकास्थित तेर्षे माध्यामिक र बतासे माध्यमिक विद्यालयका विद्यार्थीहरुले बैंकिङ ज्ञान लिएका छन् ।

विद्यालयका कक्षा ७, ८ र ९ मा अध्ययनरत ५० जना विद्यार्थीहरुले बबरमहलस्थित बैंकको प्रधान कार्यालयमा अवलोकन भ्रमण गरी बैंकिङ्ग साक्षरता/ ज्ञान लिएका हुन् ।
बैंकको प्रधान कार्यालय र बैंकबाट सञ्चालन/सम्पादन हुने विभिन्न क्रियाकलापहरुको अवलोकन तथा अध्ययनका लागि ५० जनाको संख्यामा आएका विद्यार्थीहरुलाई विभिन्न ५ समुहमा विभाजन गरी बैंकको प्रधान कार्यालय बबरमहल अन्तर्गतका विभिन्न विभागहरुको स्थलगत अवलोकन र विभागीय प्रमुखहरुसँग साक्षात्कार गराईएको थियो ।
स्थलगत अवलोकनको समापन समारोहमा विद्यार्थीहरुसँग अन्तर्क्रिया गर्दै प्रभु बैंक लि. का प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बैंक र बैंकद्धारा सम्पादन हुने सबै किसिमका कार्यहरुका बारेमा विद्यार्थीहरुलाई बताए । बैंकका ब्राण्ड एम्बेस्डर एवं चर्चित गायक/कलाकार प्रकाश सपुतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सहभागी विद्यार्थीहरुलाई कापी, कलम लगायतका शैक्षिक सामाग्रीहरु समेत प्रदान गरियो ।
विद्यार्थीहरुले प्रमुख कार्यकारी अधिकृत समक्ष विभिन्न किसिमका बैंकिङ्ग तथा वित्तीय जिज्ञाशाहरु समेत राखेका थिए ।
प्रभु बैंक लिमिटेडले विभिन्न सामाजिक क्रियाकलापहरुमा सहभागी हुँदै सामाजिक क्षेत्रमा उल्लेख्य योगदान पुर्याउँदै नेपालको शिक्षा क्षेत्रमा समेत आर्थिक, शैक्षिक लगायतको सहयोग उपलब्ध गराउँदै आएको छ ।
आगामी दिनहरुमा प्रभु बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न समाजपयोगी कार्यक्रमहरुमा सहभागिता जनाउँदै देशका विभिन्न विद्यालयमा अध्ययन विद्यार्थीहरुलाई विद्यालय तहको बैंकिङ्ग व्यवहारिक ज्ञान प्रदान गरी बैंकिङ्ग क्षेत्रमा वित्तीय साक्षरता उपलब्ध गराउन प्रतिबद्ध रहेको छ ।

