बैंक तथा बित्तीय संस्था परिसंघ अध्यक्षमा गोल्यान

बैंक तथा वित्तीय संस्था परिसंघ नेपालको पहिलो वार्षिक साधारणसभा सम्पन्न भएको छ। साधारणसभाले संघको अध्यक्षमा एनएमबी बैंकका अध्यक्ष पवन गोल्यानसहित १५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

यस्तै वरिष्ठ उपाध्यक्षमा भोजबहादुर शाह, उपाध्यक्षमा राजेश उपाध्याय, महासचिवमा केशवबहादुर रायमाझी, कोषाध्यक्षमा तुलसीराम अग्रवाल, सचिवमा कुश प्रसाद मल्ली, सहकोषाध्यक्षमा मनोज कुमार केडिया, सदस्यहरु पृथ्वीबहादुर पाण्डे, तुलसी प्रसाद गौतम, इच्छाराज तामाङ, उपेन्द्रकेशरी न्यौपाने, महेन्द्र कुमार गोयल, दशरथ रिसाल, हिरेन्द्रमान प्रधान रहेका छन्।

