‘बिग्रेको कम्युनिस्ट’ भन्दै ओलीलाई प्रचण्डले दिए ‘कुहिएको अण्डा’ को संज्ञा

काठमाडौं,२२ फाल्गुन । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कुहिएको अण्डा भनेका छन् ।

निबार आयोजित पार्टी समायोजन तथा पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै उनले माओत्से तुङको भनाइलाई सन्दर्भ बनाउँदै प्रधानमन्त्री ओलीलाई अण्डासँग तुलना गरेका हुन् ।
उनले भने ‘एकचोटी माओत्से तुङले बिग्रेका कम्युनिस्टका बारेमा भन्दा सरल उदाहरण दिनुभएको थियो । अण्डा स्वास्थ्यका लागि हाम्रो हुन्छ । प्रोटिनयुक्त हुन्छ । धेरै चिज प्राप्त हुन्छ । राम्रो कुरा हो । तर, अण्डा कुहियो भने त्योभन्दा गन्हाउने चिज अरु केही पनि हुँदैन ।’
साथै कम्युनिस्टहरु राम्रो भएको तर, गन्हाउन थाले र बिग्रिन थाले, कुहिए भने त्योभन्दा नराम्रो कोही पनि नहुने उनले बताएका छन् । उनले थपे, ‘केपी ओली त्यही कुहिएको अण्डा हो कुहिएको, गन्हाएको अण्डा त खाँइदैन नि त ? त्यसलाई गाडिन्छ, या जलाइन्छ।
प्रतिनिधिसभा विघटन भएको दिन आफुले प्रतिक्रान्तिको षड्यन्त्र विरुद्ध जनयुद्ध सुरु भएको भनेको स्मरण गर्दे उनले सर्वोच्चको फैसला संगै सबै बिजयी भएको बताए।
भने,’मैले प्रतिक्रान्तिको षड्यन्त्रको विरुद्ध शान्तिपुर्ण रुपले नयाँ जनयुद्ध सुरु भयो भनेको थिएँ। जनयुद्धमा सर्वोच्चको फैसला पछि तपाई हामी सबै बिजयी भएको अवस्था हो।

