प्रचण्ड-माधव पक्षको संसदीय दलको नेतामा प्रचण्ड



काठमाडौं,२१ फाल्गुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षले शुक्रबार बसेको संसदीय दलको बैठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई संसदीय दलको नेता चयन गरेको छ ।

जेठो सदस्यको हैसियतले झलनाथ खनालको अध्यक्षतामा बसेको बैठकले संसदीय दलको नेता परिर्वतन गरेको हो ।

बैठक अघि प्रचण्ड–माधव पक्षले आफू पक्षीय सांसदहरुको हस्ताक्षर संकलन गरेको थियो । आज ११४ जना सांसदहरुको हस्ताक्षर संकलन भएको र नेकपाको संसदीय दलका बहुमत सदस्य आफ्नो पक्षमा रहेको प्रचण्ड–माधव पक्षको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्