सोलु एफएफएमलाई २ लाख ५० हजार सहयोग गर्ने अध्यक्ष राइको घोषणा



सोलुखुम्बु, २० फाल्गुन ।आगलागीका कारण प्रशारण बन्द रहेको सामुदायिक रेडियो सोलु एफएमको पुन:प्रसारणका लागि जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष अशिम राइले आर्थिक सहयोगको घोषणा गरेका छन्।

योङ स्टार क्लबद्वारा संचालित प्रदेश नं १ कै पहिलो सामुदायिक रेडियो सोलु एफएमलाई पहिलेकै अवस्थामा पुर्‍याउन र प्रशारणलाई छिटो श्रोता माझ पुर्‍याउन सहायता पुगोस् भन्ने उद्धेश्यसहित अध्यक्ष राइले २ लाख ५० हजार आर्थिक सहयोगको घोषणा गरेको नेपाल पत्रकार महासंघ सोलुखुम्बुका अध्यक्ष मनोज श्रेष्ठले जानकारी दिए।आगलागीका कारण गत आइतबार सम्पूर्ण सन्चार उपकरणसहित भवनमा समेत क्षति पुगेपछि श्रेष्ठकै संयोजकत्वमा आर्थिक संकलन समिति गठन गरिएको छ।अध्यक्ष राइले गाउँपालिकाको तर्फबाट २ लाख र आफ्नो ब्यक्तिगत ५० हजार सहयोगको घोषणा गरेको श्रेष्ठले बताए ।

एफएमको पुन: प्रशारणका लागि स्वदेश तथा बिदेशबाट समेत नगद र प्रतिबद्धता प्राप्त भईरहेको छ,श्रेष्ठले भने- ‘सोलु एफएमको यो कठिन परिस्थितिमा साथ सहयोग दिन चाहने महानुभावहरुलाइ राष्ट्रिय बाणिज्य बैंक सल्लेरी शाखामा रहेको Community Radio Solu FM खाता नम्बर २० २० १ ०००० १२५५ ०० १ र सेन्चुरी बैंकको सल्लेरी शाखामा रहेको खाता नम्बर 0610000086CA मा नगद जम्मा गरी सहयोग गरिदिन आग्रह गर्दछौं।’

थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष राईबाट घोषित सहयोग जिल्लाका स्थानीय सरकार मध्ये पहिलो भएको बताउंदै एफएमका स्टेसन म्यानेजर भोजराज कार्कीले जिल्लाका अन्य स्थानीय तह र छिमेकी जिल्लाका स्थानीय तहबाट समेत सहयोगको प्रतिबद्धता प्राप्त भएको जानकारी दिए।वहाँहरुले पनि छिट्टै सहयोगको घोषणा गर्दै हुनुहुन्छ, कार्कीले भने।

प्रतिक्रिया दिनुहोस्