दाहाल- नेपाल समूहको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौँ,१९ फाल्गुन ।नेकपा दाहाल-नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । आज दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा केन्द्रीय कमिटी बैठक बस्न लागेको हो ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा बैठक फागुन २३ गते आह्वान गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक काम गरेको भन्दै नैतिकताका आधारमा पनि राजीनामा दिनुपर्ने दाहाल-नेपाल समूहको माग छ । तर प्रधानमन्त्री ओलीले राजीनामा नदिएपछि अब कसरी अगाडि बढ्ने भन्ने बिषयमा रणनीति तय गर्नका लागि बैठक बस्न लागेको हो ।
पुस ५ गते सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेपछि सर्वोच्च अदालतले बदर गरेको थियो ।केन्द्रीय सदस्यहरुलाइ नागरिकताको प्रमाणपत्रसहित बैठक मा उपस्थित हुन सो समूहले निर्देशन दिएको छ।

