राष्ट्रिय तथा आन्तरिक विषयमा आज पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्दै कांग्रेस सभापति थापा
काठमाडौं,१५ कार्तिक । नेपाली कांग्रेसका सभापति गगन थापाले आज पत्रकार सम्मेलन गर्न लागेका छन्।केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो २ बजे पत्रकार सम्मेलन हुनेछ।

त्यसअघि पदाधिकारीहरूसँग अनौपचारिक छलफल गर्ने तयारीमा सभापति थापा छन्।समसामयिक राजनीतिक परिस्थिति र पार्टीको आगामी कार्यदिशाबारे उनले पत्रकार सम्मेलन गर्न लागेका हुन्।
१५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले पदबहाली गरेको केही दिनपछि सभापति थापाले पत्रकार सम्मेलनमार्फत राष्ट्रिय तथा आन्तरिक विषयमा पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न लागेको केन्द्रीय कार्यालयले जनाएको छ।
महाधिवेशन सम्पन्न भएपछिको पछिल्लो सांगठनिक अवस्था, केन्द्रीय समितिको तात्कालिक कार्ययोजना तथा देशको विद्यमान आर्थिक र राजनीतिक परिवेशमा पार्टीको भूमिकाबारे उनले धारणा सार्वजनिक गर्ने तयारी गरेका छन्।


