रेश्मा सुनुवारको ‘भैलेनी देउसीरे’ सार्वजनिक( भिडियो सहित)



काठमाडौं, १४ कात्तिक । नेपाली मौलिक कला, संस्कृति र परम्परालाई प्रवद्र्धन गर्ने उद्देश्यसहित तयार पारिएको नयाँ सांगीतिक प्रस्तुति ‘भैलेनी देउसीरे’ सार्वजनिक भएको छ ।

नमस्ते वायरलेस र ब्लस हाउस को प्रस्तुतिमा तयार भएको उक्त गीतमा गायिका रेश्मा सुनुवारको स्वर रहेको छ । गीतका शब्द तथा संगीत पनि स्वयं रेश्मा सुनुवारकै रहेको छ ।

गीतको एरेन्ज तथा मिक्सिङ मास्टर पुष्कर सुनुवारले गरेका छन् भने मेलोडी नेपाल स्टुडियोमा गीत तयार गरिएको हो । भिडियोमा बिना राउत र तालिशा गुरुङको अभिनय रहेको छ । मेकअपमा सोनिका गजमेर, कोरियोग्राफीमा नितिन वाइबा, निर्देशनमा नीरेन श्रेष्ठ तथा कुबेर तामाङ र छायांकन तथा सम्पादनमा मोहन सुनुवार रहेका छन् ।

पोस्ट प्रोडक्सन मेलोडी नेपाल प्रोडक्सनले गरेको हो । आरएमडी टक्सको सहयोग रहेको यस सांगीतिक प्रस्तुतिले नेपाली मौलिक भैली तथा देउसी संस्कृतिलाई नयाँ पुस्तामाझ पुर्‍याउने अपेक्षा गरिएको छ । गीत स्पोटिफाई, युट्युब म्युजिक, टिकटक, आइट्यून्स, सावन, अमेजन म्युजिक लगायत विभिन्न डिजिटल प्लेटफर्महरूमा उपलब्ध हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्