सोलु कांग्रेस सभापति शेर्पाले दिए खुलातर्फ महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी



सोलुखुम्बु,१३ असोज। नेपाली कांग्रेस सोलुखुम्बुका जिल्ला सभापति एवं सोलुदुधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेल जाङ्बु शेर्पाले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत खुलातर्फ महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा गरेका छन्।

नेपाली कांग्रेसको १४औँ महाधिवेशनका क्रममा सम्पन्न जिल्ला अधिवेशनबाट सोलुखुम्बु जिल्ला सभापतिमा निर्वाचित भएका शेर्पा स्थानीय तहको निर्वाचनमा जिल्लाको एकमात्र नगरपालिका सोलुदुधकुण्डको प्रमुखमा लगातार दुई कार्यकालका लागि निर्वाचित भएका थिए । स्थानीय नेता कार्यकर्ताकाबीच निकै लोकप्रिय शेर्पाले जिल्ला सभापति भएपछि निर्वाह गरेको भूमिका सोलु कांग्रेसभित्र उदाहरणीय मानिन्छ ।

नेपाली कांग्रेसभित्र आपसी विश्वास,सहकार्य र एकतालाई अझ मजबुत बनाउनुपर्ने धारणा राख्दै आएका शेर्पाले महाधिवेशन प्रतिनिधिमा निर्वाचित गराउन सम्पूर्ण क्षेत्रीय प्रतिनिधिहरूसँग अपिल गरेका छन्।

प्रतिक्रिया दिनुहोस्