देशका विभिन्न जिल्लामा पाँच जना मृत फेला
काठमाडौँ,१५ भदौ । देशका विभिन्न जिल्लामा पाँच जना व्यक्तिहरू मृत अवस्थामा भेटिएका छन्।

दाङको राजपुर गाउँपालिका-५ कमल खट्टि बस्ने ४७ वर्षीया सुबित्रा विक सोही गाउँपालिका-५ जंग्रहवास्थित मोतिनी ठाडो खोलामा शनिबार मृत अवस्थामा फेला परेकी छिन्। दाङकै लमही नगरपालिका-५ कोलही बस्ने ४० वर्षीय राम निवास कुमाल सोही ठाउँस्थित गोरेटो बाटोमा आइतबार मृत अवस्थामा फेला परेका छन्।
यसैगरी ललितपुर महानगरपालिका-३ स्थित फाल्चा पाटीमा नाम, थर र वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरुष आइतबार मृत अवस्थामा भेटिएका छन्।
मोरङको विराटनगर महानगरपालिका-१५ दुई नम्बर ढाँटस्थित सडकमा नाम, थर र वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन्।
कास्कीको पोखरा महानगरपालिका-१३ कसेरीस्थित बिजयपुर खोलामा नाम, थर र वतन नखुलेका अन्दाजी ६० वर्षीय पुरुष आइतबार मृत अवस्थामा भेटिएका छन्।
यी सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

