पृथ्वी राजमार्ग अवरुद्ध : वैकल्पिक बाटोबाट एलपी ग्यासको आपूर्ती गरिने



काठमाडौं,१४ भदौ । कृष्णभीरमा बाढीले कटान गरेर पृथ्वी राजमार्ग अवरुद्ध भएपछि नेपाल आयल निगमले वैकल्पिक बाटोबाट एलपी ग्यासको आपूर्ती गर्ने भएको छ। एलपी ग्यास उद्योगीहरुसंगको छलफलपछि निगमले वैकल्पिक बाटोबाट आपूर्तीको व्यवस्था गरिएको जानकारी दिएको छ।

काठमाडौं उपत्यका र आसपासका जिल्लाहरुका लागि उद्योगहरुलाई बारा, पर्सा, चितवन, मकवनापुर र नवलपरासी जिल्लामा रहेका ग्यास उद्योगहरु तथा आफूलाई पायक पर्ने अन्य जिल्लाका ग्यास उद्योगहरुसंग समन्वय गरी आफ्ना बुलेट खाली गराएर सिलिण्डर रिफिल गर्ने र ट्रकहरुमार्फत वैकल्पिक बाटोबाट आपूर्ती गर्ने व्यवस्था मिलाईएको छ।

यस्तै पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको आपूर्तीका लागि टैंक तथा ट्रकहरुलाई समेत स्थानिय प्रशासनसंगको समन्वयमा वैकल्पिक मार्गबाट काठमाडौंसम्म ल्याएर आपूर्ती गर्ने व्यवस्था गरिएको निगमले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्