अनुमति बिना साहसिक तथा मनोरञ्जनात्मक खेल सञ्चालन गरे कारबाही हुने



काठमाडौं,२१ बैशाख । सरकारले अनुमति बिना साहसिक तथा मनोरञ्जनात्मक खेल सञ्चालन गरे कारबाही गर्ने भएको छ ।

पर्यटन विभागले उक्त खेल सञ्चालनका लागि विभागले अनुमति दिने भन्दै सोमबार सूचना जारी गरेर इजाजत र मापदण्ड पालना सुनिश्चित गरेर मात्रै खेल सञ्चालन गर्न भनेको हो ।

अनुमतिबिना सञ्चालित परियोजनालाई तीन दिनभित्र स्वीकृति लिन विभागले सूचित गरेको छ । ‘इजाजत नलिए कारबाही हुने सूचित गरिन्छ । कानून विपरीतका गतिविधि तत्काल बन्द गर्न विभाग निर्देशन दिन्छ’सूचनामा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्