जबरजस्ती करणी गरेको अभियोगमा ओखलढुंगाको रुम्जाटारमा एकजना पक्राउ



ओखलढुङ्गा । ६० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सिद्धिचरण नगरपालिका-४ रूम्जाटार बस्ने ६१ वर्षीय दिप बहादुर विकलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

विकले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले छ ।

प्रतिक्रिया दिनुहोस्