नारायणहिटी हत्याकाण्डको १९ बर्ष पूरा, अझै आउन सकेन बास्तविकता



काठमाडौ, १९ जेठ । तत्कालीन राजा श्री ५ बीरेन्द्र वीर बिक्रम शाहदेब परिवार बंशनाशको १९ बर्ष पूरा भएको छ। २०५८ साल जेठ १९ गते राती नारायणहिटी राजदरबारभित्र भएको अकल्पनीय दुर्घटनामा परी तत्कालीन राजा बीरेन्द्र, रानी ऐश्वर्य, यूबराज दिपेन्द्र,अधिराजकुमारी श्रुती र अधिराजकुमार निराजनसहित राजपरिवारका अन्य सदस्यहरूको निधन भएको थियो।

घटनामा गोली लागि तत्कालीन अधिराजकुमारी कोमलराज्य लक्ष्मी देबि शाह घाइते भएकी थिइन। हत्याकाण्ड छानबिनका लागि तत्कालीन प्रधान न्यायाधीशको अध्यक्षतामा गठित छानबिन समितिले देबयाणी राणासंगको प्रेम सम्बन्धका कारण उत्पन्न बिबादले आक्रोशित भएका युबराज दिपेन्द्रले सो हत्याकाण्ड गराएको निष्कर्ष निकालेको थियो।पछि जनयुद्धरत तत्कालीन नेकपा माओबादीका नेता डा। बाबुराम भट्टराईले भारतबाट घटनामा राजपरिवारलाई नै जोडेर एउटा दैनिकमा लेख प्रकाशित गरेपछि कतिपयले जेठ २२ गते राजगद्दी सम्हालेका पुर्बराजा ज्ञानेन्द्रलाई समेत आरोपित गरेको थियो।तर यी दुबै शंकालाई सचेत नेपाली जनताले मिथ्या आरोपका रुपमा अर्थ्याउने गरेका छन् ।

पूर्बराजा ज्ञानेन्द्रले दरबार हत्याकाण्डको स्वतन्त्र छानबिन गरि दोषीमाथि कारबाही गर्न सार्बजनिक चुनौती दिएपनि त्यसपछि पटकपटक सत्तामा पुगेकाहरुले त्यसप्रति बेवास्ता गर्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ। राजा बीरेन्द्रको लोकप्रियताका कारण दरबारलाई कम्जोर पार्न नसकिने निष्कर्षसहित राजसंस्था बिरोधिहरुले अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरुसंगको मिलेमतोमा सो हत्याकाण्ड गराइएको कतिपयको बिस्लेषण छ।

प्रतिक्रिया दिनुहोस्