कुलमानको उज्यालो नेपाल पार्टीले निर्वाचन आयोगमा बुझायो अध्यावधिक विवरण (सदस्यहरुको नामावली सहित)
काठमाडौं,२५ कार्तिक। ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री कुलमान घिसिङको नेतृत्वमा रहेको उज्यालो नेपाल पार्टीले आफ्ना पदाधिकारी अद्यावधिक गर्न निर्वाचन आयोगमा निवेदन दिएको छ।

साउन २७ गते नै मानबहादुर तामाङको नेतृत्वमा निवेदन दिएको उज्यालो नेपाल पार्टी पूर्वऊर्जासचिव अनुपकुमार उपाध्यायको अध्यक्षतामा पुनर्गठन गर्दै ५१ सदस्यीय विवरण बुझाएको हो।
‘दर्ता होइन। साउन २७ गते नै दर्ता भएको उज्यालो नेपाल पार्टीको कार्यसमिति अध्यावधिक गर्ने काम भयो,’ एक नेताले भने, ‘अध्यक्ष अनुपकुमार उपाध्याय हुनुहुन्छ। अरु सबै सदस्य रहने गरी विवरण अध्यावधिक गरिएको छ। कार्यसमिति परिवर्तन गरिएको छ।’
को को छन् पार्टीमा ?



