श्रीमतीको हत्या अभियोगमा श्रीमान पक्राउ
काठमाडौं,३० साउन ।आफ्नै श्रीमती ४७ वर्षीया गोमा पौडेलको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा विनयी त्रिवेणी गाउँपालिका-३ उदयटारी बस्ने ५० वर्षीय महेन्द्र पौडेल रहेको प्रहरीले जनाएको छ । प्रहरीले पक्राउ गरेको छ ।
घरायसी विषयलाई लिएर महेन्द्रले चक्कु प्रहार गरी गोमाको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी सर्दीबाट खटिएको प्रहरीले उनलाई शुक्रबार बिहान पक्राउ गरेको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।

