कुसुम प्रतिष्ठानको आयोजनामा शुभकामना आदानप्रदान तथा भित्तेपात्रो सार्वजनिक कार्यक्रम सम्पन्न



सोलुखुम्बु,२२ बैशाख। नयाँ वर्ष २०८२ को सन्दर्भमा शहीद कुसुम स्मृति प्रतिष्ठानले आज एक कार्यक्रमका वीचमा शुभकामना आदानप्रदान तथा २०८२ सालको भित्तेपात्रो प्रकाशन गरी सार्वजनिक गरेको छ ।

कार्यक्रममा वक्ताहरुले प्रतिष्ठानले खेलेको सकारात्मक भूमिका र शहीद कुसुमको योगदान र भूमिकाका बारेमा चर्चा गर्नुभएको थियो भने आगामी दिनमा पनि सामाजिक भूमिका र नेतृत्वमा प्रतिष्ठान अगाडी बढिरहने प्रतिवद्वता प्रतिष्ठानका अध्यक्ष लोकेन्द्र आर.सी.ले व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेचासल्यान गाउँपालिका उपाध्यक्ष बिना राई,प्रशासकीय अधिकृत टंकनाथ घिमिरे,३ नं वडा अध्यक्ष सिताराम भट्टराई, माओवादी केन्द्रका नेता केशर राई,जनरिषि राई,वियस राई, सामाजिक व्यक्तित्व बालकुमार भट्टराई,चेतना विस्तार यूवा परिवारका अध्यक्ष जगनाथ बाँस्तोला लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

शहीद कुसुम स्मृति प्रतिष्ठान जिल्लाकै अग्रणी सामाजिक संस्थाको रुमपा सुविधा सम्पन्न आफ्नै ठूलो सभाहल सहितको मुनाफारहित संस्थाको रुपमा रहेको छ । यस संस्थासंग दुईवटा सभाहल रहेका छन ।

प्रतिक्रिया दिनुहोस्