रेशम चौधरी पक्राउबारे नाउपाले माग्यो सरकारको जवाफ, नत्र सरकार छोड्ने चेतावनी

फाईल तस्बिर
काठमाडौं,२२ बैशाख । नागरिक उन्मुक्ति पार्टीका सांसद लालवीर चौधरीले पूर्वसांसद रेशम चौधरी पक्राउबारे प्रधानमन्त्री/गृहमन्त्रीले जवाफ नदिए सरकार छाड्ने चेतावनी दिएका छन् । सोमबार (वैशाख २२) प्रतिनिधिसभा बैठकमा उनले मंगलबार (भोलि) संसद्मा जवाफ नदिइए सरकार छाड्ने बताएका हुन् ।

‘वैशाख १७ गते नाउपा र जनमत पार्टीको एकता प्रक्रिया अघि बढिरहेका बेला सांसद रेशम चौधरीलाई अपहरण गरेर डिल्लीबजार पुर्याइयो’, चौधरीले भने, ‘जुन पुर्जीका आधारमा उहाँलाई पक्राउ गरियो त्यसलाई फर्जी भनिएको छ । तर सरकारले जवाफ दिएको छैन । प्रधानमन्त्रीले भोलीको बैठकमा जवाफ दिनुभएन भने हामी सरकार छाड्न बाध्य हुन्छौ ।’
नागरिक उन्मुक्तिबाट सरकारमा अरुणकुमार चौधरी पर्यटन राज्यमन्त्री छन् ।
त्यस्तै स्वतन्त्र सांसद अमरेशकुमार सिंहले समेत चौधरी पक्राउ प्रकरण रहस्यमय भएको बताए ।

