थुलुङ दुधकोशी प्रज्ञा-प्रतिष्ठानले बृहत कवि गोष्ठी तथा जिल्ला स्तरीय कविता प्रतियोगिता आयोजना गर्ने



सोलुखुम्बु,२१ बैशाख। थुलुङ दूधकोशी प्रज्ञा-प्रतिष्ठानले बृहत कवि गोष्ठी तथा जिल्ला स्तरीय कविता प्रतियोगिता आयोजना गर्ने भएको छ ।

प्रतिष्ठानले सोमबार एक सूचना प्रकाशित गर्दै आगामी जेठ १६ गते बृहत कवि गोष्ठी अतिथि कविहरुबाट कविता वाचन तथा सोलुखुम्बु जिल्ला स्तरीय खुल्ला कविता प्रतियोगिता आयोजना गर्न लागिएको जनाएको हो।

प्रतिष्ठानले जनाए अनुसार जिल्ला स्तरीय कविता प्रतियोगितामा प्रथम हुने १ जनालाई प्रमाण पत्रसहित ३० हजार नगद,द्धितीय हुने १ जनालाई प्रमाण पत्रसहित २० हजार नगद,तृतीय हुनेलाई प्रमाण पत्रसहित १५ हजार र सान्त्वना हुने १ जनालाई प्रमाण पत्रसहित ५ नगद प्रदान गरिने छ।

प्रतियोगिताका लागि अप्रकाशित, अप्रसारित र कुनै पनि प्रतियोगितामा समावेश नभएको बढीमा १५० (एक सय पचास शब्द) कम्प्युटर टाइप गरी जेष्ठ १० गते भित्र प्रतियोगीको पुरा नाम, ठेगाना र एक प्रति पि.पि. साइजको फोटो सहित [email protected] मा उपलब्ध गराउनु पर्ने जनाईएको छ ।समसामयिक विषयमा आधारित र पूर्णरुपमा मौलिक गद्य, र पद्य दुवै कविता प्रतियोगितामा सहभागी हुन पाउने सूचनामा उल्लेख छ।

पालिका भित्रको भाषा, साहित्य, संस्कृति तथा दर्शनको संरक्षण, सम्वर्द्धन र विकास गर्ने उद्देश्यले गएको फाल्गुन १९ गते थुलुङ दुधकोशी गाउँपालिकाले सुबास संगम राईको संयोजकत्वमा १३ सदस्यीय थुलुङ दुधकोशी प्रज्ञा-पतिष्ठान गठन गरेको थियो।सोलुखुम्बुमा थुलुङ दुधकोशीले मात्र पालिकास्तरीय प्रज्ञा-पतिष्ठान गठन गरेको छ।

प्रतिक्रिया दिनुहोस्