माओवादी केन्द्रले जेठ २ गतेदेखि ‘मध्य पहाडी लोकमार्ग अभियान’ थाल्ने

फाईल तस्बिर
काठमाडौं,२१ बैशाख। नेकपा (माओवादी केन्द्र) ले जेठ २ गतेदेखि ‘मध्य पहाडी लोकमार्ग अभियान’ सुरु गर्ने भएको छ ।
अध्यक्ष पुष्पकमल दाहालको खुमलटारस्थित निवासमा बसेको पदाधिकारी बैठकले मध्य पहाडी लोकमार्ग अभियानका लागि तयारी थाल्न पार्टीं नेतृत्वलाई निर्देशन पनि दिएको छ ।

बैठकले हुलाकी मार्ग केन्द्रित ‘जनतासँग माओवादी : तराई–मधेस जागरण अभियान’ को समीक्षा गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । सापकोटाका अनुसार यस अभियानले राष्ट्रिय एकता सुदृढ गर्न सफल भएकोले माओवादी केन्द्रको मात्र नभई सम्पूर्ण राष्ट्र कै अभियान बन्न पुगेको छ ।
बैठकमा माओवादीप्रति देखिएको जनविश्वास, अभियानको तयारी, कार्ययोजना र सङ्गठनात्मक पक्षबारे विस्तृत छलफल भएको उनले बताए । ‘तराई मधेस जागरण अभियानले सबैलाई रूपान्तरणका लागि वातावरण तयार पार्नुका साथै राष्ट्रिय एकता सुदृढ गर्नका लागि धेरै महत्त्वपूर्ण भूमिका खेलेको छ’,-उनले भने।
सापकोटाले बैठकमा आगामी दिनको कार्ययोजना र संगठनात्मक पक्षबारे पनि छलफल भएको बताए।

