पाँच श्रष्टालाई त्यागी स्मृति सम्मान प्रदान
काठमाडौं,१८ बैशाख । साहित्यकार बीडी त्यागीको बाइसौं स्मृति दिवसको अवसर पारेर पाँच जना श्रस्टाहरुलाई बीडी त्यागी स्मृति सम्मान २०८२ अर्पण गरिएको छ ।

बीडी त्यागी स्मृति केन्द्रले साहित्य सदन रामहिटीमा बिहिबार आयोजित विशेष कार्यक्रममा वरिष्ठ साहित्यकार प्राध्यापक जगतप्रसाद उपाध्याय प्रेक्षीतलाई बीडी त्यागी स्मृति सम्मान,वरिष्ठ साहित्यकार किरण आचार्यलाई १०१ रुपैयाँको सिक्काको थैली रहेको बीडी त्यागी स्मृति पुरस्कार,वरिष्ठ साहित्यकार तथा पत्रकार निर्मल कुमार आचार्यलाई बीडी त्यागी योगदान सम्मान,साहित्यकार रुपा रिसाललाई बीडी त्यागी स्मृति प्रतिभा सम्मान र शिक्षासेवी एवं साहित्यसेवी तथा चिकित्सक डाक्टर राजेशराज भट्टराईलाई नेपथ्य सम्मान अर्पण गरिएको थियो।
सम्मानित प्रतिभाहरुलाई वरिष्ठ साहित्यकारहरु गङ्गा पौडेलले टीका,वेदमणी घिमिरेले खादा,कार्यक्रमका सभापति शङ्कर भारतीले सास र प्रमुख अतिथी प्राडा हेमनाथ पौडेलले प्रमाणपत्र अर्पण गरेर सम्मानित गर्नुभएको थियो ।
केन्द्रका अध्यक्ष कृष्ण आचार्यले स्वागत मन्तव्य राख्नुभएको सो सभालाई सभापति शङ्कर भारती,प्रमुख अतिथि प्राडा हेमनाथ पौडेल,सम्मानित प्रतिभाहरु प्रा.जगतप्रसाद उपाध्याय,किरण आचार्य,निर्मलकुमार आचार्य,रुपा रिसाल,डा.राजेशराज भट्टराई लगायतले सम्बोधन गर्दै साहित्यकार बीडी त्यागीको व्यक्तित्व र कृतित्वबारे प्रकाश पार्नुभएको थियो ।
सो अवसरमा कविहरु त्रिलोचन आचार्य र दुर्गा अधिकारी भमरकोटेले कविता र सुसेली आर्फत सम्मानित प्रतिभाको परिचय दिनुभएको थियो । कल्पना खतिवडाले संचालन गर्नुभएको सो कार्यक्रम मा केन्द्रका पदाधिकारीहरु र चर्चित साहित्यकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।