राष्ट्रिय परिचयपत्र कार्य स्टेसन सञ्चालन गर्ने थुलुङ दुधकोशीको निर्णय, अब पालिकामै राष्ट्रिय परिचय पत्र बन्ने



सोलुखुम्बु,१७ बैशाख।जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाले राष्ट्रिय परिचयपत्र कार्य स्टेसन सञ्चालन गर्ने निर्णय गरेको छ ।

पालिका अध्यक्ष असिम राईको अध्यक्षतामा बुधबार बसेको कार्यपालिका बैठकले उक्त निर्णय गरेको प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो ।

वडा नम्बर ७ का वडा अध्यक्ष समेत रहनुभएका प्रवक्ता कार्कीका अनुसार राष्ट्रिय परिचयपत्र विवरण संकलन तथा वितरणको कार्य पालिकाबाट गर्ने गरि प्रक्रिया अघि बढाउने निर्णय गरिएको हो ।

यस अघि तयार भएको राष्ट्रिय परिचयपत्र अहिले गाउँपालिकाबाटनै वितरण भैरहेको छ । अब देखि विवरण संकलनको कार्य समेत गाउँपालिकाबाट नै हुनेभएपछी यहाँका स्थानीय नागरिकलाई सहज हुनेभएको छ ।

प्रतिक्रिया दिनुहोस्