शिक्षक आन्दोलन चर्काएर सरकार ढाल्ने प्रयास भइरहेको सांसद गैरेको आरोप



काठमाडौँ । सत्ताको नेतृत्वकर्ता दल नेकपा एमालेका सांसद ठाकुर गैरेले शिक्षक आन्दोलनलाई थप चर्काएर सत्ता ढाल्ने अस्त्र बनाउने प्रयास भइरहेको बताएका छन्।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा पार्टीको तर्फबाट बोल्दै सांसद गैरेले भने-‘शिक्षकहरूले गरिरहेको सामुदायिक र पेसागत संवेदनशील आन्दोलनलाई अस्त्र बनाइएको छ।,

आन्दोलनलाई सत्ता ढाल्ने,सरकार ढाल्ने र त्यसैको जगबाट आफू प्रधानमन्त्री बन्ने असफल प्रयत्न गर्ने विषय बन्द हुनुपर्ने उल्लेख गर्दै उनले आन्दोलनरत पक्षलाई उकास्ने काम बन्द गरेमात्रै प्रतिपक्षी दलहरूले सोमबार दर्ता गरेको जरुरी सार्वजनिक महत्वको प्रस्तावको औचित्य हुने बताए । छलफलमा एउटा कुरा गर्ने र आन्दोलन स्थलमा गएर अर्को कुरा गर्ने विषयले समस्याको समाधान गर्न नसक्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्