नेपाल शेर्पा संघ बागमती प्रदेशको अधिबेशन बैशाख २७ मा हुने
काठमाडौं,१४ बैशाख।नेपाल शेर्पा संघ वागमती प्रदेशको दोश्रो अधिबेशन २७ वैशाखमा हुने भएको छ ।

शेर्पा पार्टी प्यालेस जोरपाटीमा आयोजना हुने अधिबेशनको सञ्चार तथा सूचना प्रबिधिमन्त्री पृथ्वी सुब्बा गुरुङले उद्घाटन गर्ने कार्यक्रम रहेको संघका बागमती प्रदेश अध्यक्ष आङछिरी शेर्पाले जानकारी दिए।राष्ट्रियसभा सदस्य सोनाम ग्याल्जेन शेर्पा,विभिन्न राजनीतिक दल निकट शेर्पा नेतृत्वहरु लाक्पा ठिलेन शेर्पा,ङिमी शेर्पा, निमफुन्जो शेर्पा,दावा शेर्पा,फुर्पा शेर्पा,लाम्बाबु शेर्पा मन्त्रालय पुगेर मन्त्री गुरुङलाई निमन्त्रणा दिएका थिए।
हरेक तीन/तीन वर्षमा अधिवेशन सम्पन्न गर्नुपर्ने बैधानिक ब्यबस्था भएपनि कोभिड महामारीका ढिलो गरेर पाँच वर्षपछि यो अधिबेशन हुन लागेको हो। अधिबेशनले नयाँ नेतृत्व समेत चयन गर्नेछ।नयाँ नेतृत्वका लागि हालसम्म सिन्धुपाल्चोकबाट लाक्पा शेर्पा, दोलखाबाट मिङ्ग्युर शेर्पा र रामेछापबाट लाम्बाबु शेर्पा आकाँक्षी देखिएको बताईन्छ।
अधिबेशनका लागि १५ वैशाखभित्र तल्लो कमिटीले अधिवेशन सम्पन्न गरेर प्रतिनिधि चयन गरिसक्नुपर्ने गरि सर्कुलर गरिएको अध्यक्ष शेर्पाले जानकारी दिए।
अधिवेशनले नयाँ नेतृत्वसहित नयाँ कार्यसमिति निर्वाचित गरेर शेर्पा समुदायको खासगरी युवा पिँढीलाई आफ्नो भाषा, धर्म, सँस्कृति र शेर्पा रीतिरिवाजबारे प्रशिक्षण दिने नीति कार्यान्वयन गर्नेछ । ‘संघ स्थापना भएदेखि नै हामीले शेर्पा समुदायको हितका लागि विभिन्न नीति तथा कार्यक्रम तय गरेर लागू गरेका छौँ,’ अध्यक्ष शेर्पाले भने ।

