काठमाडौं आज पनि बिश्वकै पहिलो प्रदूषित शहर



काठमाडौं । काठमाडौं मंगलबार पनि विश्वकै प्रदूषित शहरको पहिलो सूचीमा परेको छ।आईक्यू एअरका वायु गुणस्तर इन्डेक्सअनुसार अहिले काठमाडौंको एक्यूआई २७१ छ। एक्यूआई२०० भन्दा माथिलाई विश्व स्थास्थ्य संगठनले अति अस्वस्थकर सूचीमा राखेको छ।​

काठमाडौ‌ंपछि भारतको नयाँ दिल्ली दोस्रो तथा भियतनामको हानोई विश्वकै तेस्रो प्रदूषित शहर बनेका छन्।वायु प्रदूषण उच्च भएसँगै काठमाडौँमा बिरामीको संख्या पनि बढेको छ ।

काठमाडौ‌मा दिउँसोपख हल्का पानीसँगै हावाको बेग पनि केही मात्रामा बढ्ने हुँदा वायु प्रदूषण पनि कम हुने मौसमविद् हरिप्रसाद दाहालले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्