युट्युवर मनोज मानव पक्राउ, अनुसन्धानका लागि सात दिन हिरासतमा राख्न अदालतको अनुमति



काठमाडौं । प्रहरीले मनोज मानव भनिने सिरहा लहानका मनोज कुमार महतोलाई प्रहरीले पक्राउ गरेको छ।बुधबार पक्राउ परेका मानवलाइ थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले सात दिनको अनुमति दिएको छ।

मनोजलाई प्रहरीको साइबर ब्यूरोको टोलीले टिकटक तथा फेसबुकमार्फत एक महिलाको चरित्र हत्या हुने खालको भिडियो पोस्ट गरेको आरोपमा पक्राउ गरेको थियो । उनीमाथि विद्युतीय कारोबार ऐन, २०६३ अनुसार मुद्दा चलाएर अनुसन्धान भइरहेको ब्यूरोका एसपी पशुपति कुमार रायले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्