आगलागीमा परी काठमाडौंको तेञ्जिङ चोकमा एक युवतीको मृत्यु
काठमाडौं । काठमाडौँ महानगरपालिका–६ तेन्जिङचोकमा आगलागी हुँदा एक युवतीको मृत्यु भएको छ ।

राजेश चन्द्र गिरीको घरमा डेरा गरी बस्ने वर्ष १८ की मुमेन तामाङको कोठामा भएको आगलागीबाट मृत्यु भएको हो ।आगलागी भइरहेको अवस्थामा प्रहरी प्रभाग कपनबाट प्रहरी निरीक्षक नेत्र बहादुर कुँवरको कमाण्डमा खटि गएको प्रहरी टोली, स्थानीयबासी र मुमेनका बुबा ददिराम तामाङ समेतको टोलीले उद्धार गरी उपचारका लागि चाबहिल स्थित ओम अस्पताल लगेका थिए।
तर उपचारको क्रममा उनको बुधबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ ।-सांकेतिक तस्बिर

