संघीय संसद पुगे शेर्पा विद्यार्थीहरु
दावा जाङबु शेर्पा,१८ चैत,काठमाडौं।शेर्पा विद्यार्थीहरूले संघीय संसद बैठकको अवलोकन गरेका छन्।

नेपाल शेर्पा विद्यार्थी संघका अध्यक्ष फुर्वा छिरिङ शेर्पाको नेतृत्वमा गएको विद्यार्थी टोलीले संसद भवन नयाँ बानेश्वर पुगेर सोमबार संसद बैठकको अवलोकन गरेका हुन्।
संविधान र कानूनी प्रक्रिया बुझ्नुका साथै नीति निर्माण कसरी हुन्छ र जनप्रतिनिधिहरुले बैठकमा आफुलाई कसरी प्रस्तुत गर्छन् भन्ने कुरा यो अवलोकनबाट अनुभव हासिल गरेको टोलीमा सहभागी शेर्पा विद्यार्थीहरुले बताएका छन्।
कार्यक्रमको ब्यबस्थापन बागमती प्रदेशका अध्यक्ष आङ छिरीङ शेर्पाले गरेको शेर्पा विद्यार्थी संघले जनाएको छ।

