लोदिङ सृजनशील युवा क्लबलाई समाजसेवी ङवाङ सोनामले दिए नि:शुल्क जग्गा
दावा जाङ्बु शेर्पा,काठमाडौं,१४ चैत । विगत लामो समयदेखि समाजसेवामा सक्रिय समाजसेवी तथा नेपाल् शेर्पा संघका वरिष्ठ उपाध्यक्ष ङवाङ सोनाम शेर्पाले लोदिङ सृजनशील युवा क्लबलाई ५ लाख मूल्य बराबरको जग्गा नि:शुल्क प्रदान गर्नुभएको छ ।

नेकपा एमाले सोलुखुम्बुका जिल्ला कमिटी सदस्य समेत रहेका शेर्पाले विगत लामो समयदेखि भाषा,धर्म,कला संस्कृति तथा सामाजिक कार्यमा सक्रिय रहेको सो क्लबलाई कार्यालय भवन निर्माणका लागी सो मूल्य बराबरको जग्गा प्रदान गरेका हुन्।
कार्यालय भवन नहुंदा खेलकुद,बैठक तथा अन्य सामाजिक काम गर्न असजिलो भइ रहेको अवस्थामा अब जग्गा उपलब्ध भएसंगै ती सबै समस्या समाधान भएको क्ल्बका अध्यक्ष तथा नेपाल शेर्पा विद्यार्थी संघ का वरिष्ठ उपाध्यक्ष गेलु शेर्पाले बताए।
क्लबले गरिरहेको सामाजिक तथा सांस्कृतिक कार्यको प्रशंसा गर्दै जग्गादाता शेर्पाले समाज तथा समुदायको हित काम गर्ने संस्थाहरुलाइ सबै किसिमको सहयोग गर्न तयार रहेको बताए।
आगामी दिनमा शेर्पा समुदायको भाषा धर्म संस्कृति परम्पराको संरक्षण तथा जगेर्ना गर्न तथा पर्यटन प्रबर्द्धन गर्न गुरुयोजना तयार पारेर काम गर्ने भन्दै सहयोगी दाताप्रति आभार व्यक्त गर्दै यस्ता सहयोगले सामाजिक काम गर्न थप उर्जा मिल्ने सोलुदुधकुण्ड नगरपालिका वडा नं ३ का वडाध्यक्ष ल्हाक्पा गेलु शेर्पाले बताए।

