रक्षामन्त्री राईको पहलमा ओखलढुंगा-नेचासल्यान सडक खण्डको ठोट्ने खोलामा बेलिबृज निर्माण हुँदै



सोलुखुम्बु ।ओखलढुंगाको बिब्ल्यांटेबाट गैरी हुँदै नेचा बिहिबारे जोड्ने सडक खण्डमा पर्ने ठोट्ने खोलामा बेलिबृज निर्माण हुने भएको छ ।

नेचासल्यान हुँदै सञ्चालन हुने सवारीसाधनलाई बर्खायाममा ठुलो अवरोध पुर्‍याउँदै आएको ठोट्ने खोलामा रक्षामन्त्री मानबीर राईको पहलमा बेलिबृज निर्माण हुन लागेको हो।मोटरेबल पुल निर्माणका लागि सडक सब डिभिजन,हर्कपुर ओखलढुंगा र नेपाली सेनाको प्राविधिक टोलीले बिहीबार सर्भे कार्य सम्पन्न गरेको रक्षामन्त्री राईको सचिवालयले जनाएको छ ।

चालू आर्थिक बर्षमा नै मोटरेबल पुल निर्माण कार्य सप्पन्न गरिने छ ।त्यसका लागि रक्षामन्त्री राईले भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयसँग समन्वय गर्नुभएको सचिवालयले जनाएको छ।र नेपाली

चालू आर्थिक बर्षमै ठोट्नेमा बेलिबृज निर्माण हुने भए पश्चात स्थानीयमा खुसियाली छाएको कार्यबाहक वडा अध्यक्ष प्रेम प्रसाद श्रेष्ठ बताए । उनले यो महत्त्वपूर्ण पहलकदमी गर्नुहुने रक्षामन्त्री मनवीर राई, सम्बन्धित मन्त्रालय तथा नेपाली सेनाका प्राबिधिक टोलिलाई धन्यवाद समेत प्रकट गरेका छन्। edited

प्रतिक्रिया दिनुहोस्